प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाद्वारा गोली हानी तीन जनाको हत्या

Everest Fuji News २०८२ जेठ २१ मा प्रकाशित       Published at 2025 Jun 03


बीबीसी/


गाजा क्षेत्रमा मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाद्वारा गोली हानी तीन जनाको हत्या गरेको छ भने अन्य ३० जना घाइते भएको बीबीसीले जनाएको छ । 

सहायता वितरण स्थलनजिक भएको सोे घटनापछि संयुक्त राष्ट्र संघले स्वतन्त्र छानबिनको माग समेत गरेको बीबीसीले उल्लेख गरेको छ । स्वास्थ्य अधिकारीहरू र प्रत्यक्षदर्शीहरूका अनुसार हिजो गाजाको दक्षिणी भागमा रहेको त्यही सहायता केन्द्रमा गोलाबारी भएको थियो, जहाँ इजरायली सेनाले एक दिनअगाडि पनि गोली हानी प्लालेस्टिनीको हत्या गरेको उल्लेख गरिएको छ । इजरायली सेनाले नागरिकमाथि कुनै चेतावनी नदिइ सीधै गोली चलाएको आरोप लागेको छ । यो प्रकारको आक्रमणको अन्र्तराष्ट्रिय सहायता संस्थाहरूले निन्दा गर्दै आएको छ । सहायता वितरण स्थल वरिपरि भएको हिंसात्मक घटनालाई लिएर अन्र्तराष्ट्रिय क्षेत्रमा समेत चासो बढेको बताइएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.