काठमाडौं/
जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव स्वदेश फिर्ता हुनु भएको छ ।
पार्टी सम्बद्ध नेपाली समाज मलेसियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भई अध्यक्ष यादव हिजो स्वदेश फर्कनु भएकोे सो पार्टीको प्रचार विभागले जनाएको छ । मलेसिया भ्रमणमा रहँदा अध्यक्ष यादव र मलेसियाका लागि नेपाली राजदूत डा नेत्रप्रसाद तिमल्सेनाबीच नेपाली श्रमिकको समस्याबारे छलफल समेत गर्नुभएको थियो । सो अवसरमा विनोदकुमार यादवको अध्यक्षतामा जसपा नेपालको प्रवास समिति ‘नेपाली समाज मलेसिया’ समेत पुर्नगठन गरिएको बताइएको छ । सो कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता, अन्र्तराष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापालगायतको सहभागिता रहेको थियो ।।