फक्स न्यूज/
अमेरिकाको लस एन्जलसमा आप्रवासन तथा भन्सार प्रवद्र्धनले छापा मारेर एक सय १८ जना अवैध आप्रवासीलाई पक्राउ गरेपछि प्रदर्शन भड्किएको छ ।
प्रदर्शनकारीहरूले संघीय भवन घेराबन्दी गरेर आईसीई अर्थात् आप्रवासन तथा भन्सार प्रर्वद्धन विभागका अधिकारीलाई लक्षित गरेको त्यहाँको फक्स न्यूजले जनाएको छ । त्यहाँको गृह सुरक्षा विभागले डेमोक्र्याट नेताहरू हकीम जेफ्रीज, करेन बास, टिम वाल्ज र मिशेल वू—ले आईसीईमाथि नकारात्मक बयान दिँदा हिंसा भड्किएको आरोप लगाएको छ भने आप्रवासन तथा भन्सार प्रवद्र्धन विभागका अधिकारीहरूमाथि आक्रमण बढेको र केहीको परिवारलाई समेत लक्षित गरिएको खबरमा उल्लेख गरिएको छ । आप्रवासन तथा भन्सार प्रवद्र्धन विभागले पक्राउ परेका व्यक्ति मध्ये पाँच जना गिरोह सदस्य सहित लागूपदार्थ तस्करी, घरेलु हिंसा, र मानव तस्करीमा संलग्न रहेको आरोप लगाएको छ । गृह सुरक्षा विभागलले हिंसा अन्त्य गर्न नेताहरूलाई संयमित अभिव्यक्ति दिन आग्रह गरेको बताइएको छ ।।