रुस सेनाले युक्रेनको राजधानीमा पुनः हवाई आक्रमण गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यामले जनाएको छ ।
किभको दक्षिणी सहर ओडेसास्थित एक प्रसूतिगृहमा रुसी सेनाले हवाई आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ भने ४ घाइते भएको बताइएको छ । रुस–युक्रेन लडाइँ सुरु भएको तीन वर्षयताकै सबैभन्दा ठूलो हवाई आक्रमण भएको समेत बीबीसीले उल्लेख गरेको छ । रुसी आक्रमणबाट किभका १० मध्ये सात जिल्ला प्रभावित भएका छन् । युक्रेनले आर्कटिक र साइबेरिया सहितका चारवटा एयरफिल्डमा रहेका ४१ रुसी सेनाका विमान ध्वस्त पारेको घटनाको बदलामा यो आक्रमण भएको उल्लेख गरिएको छ । युक्रेनी हवाई सेनाले रुसले ३१५ ड्रोन आक्रमण गरेको र त्यसमध्ये २७७ वटा खसालेको दाबी गरेको छ । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आक्रमणलाई किभमाथि भएको पछिल्लो ठूलो आक्रमण भएको बताउँदै रुसी मिसाइल र ड्रोन आक्रमणले अमेरिका सहित विश्वका अन्य देशले चालेको शान्तिको प्रयासलाई बिथोल्ने प्रयास गरेको बताउनु भएको छ । किभमा मंगलबार बिहानको सुरुवात नै ठूला विस्फोटहरुबाट भएको थियो ।।