बीबीसी/
इजरायलद्वारा इरानको ६ स्थानमा गरेको हवाई अक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने कयैन घाईते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।
शुक्रबार विहानबाटै इजरायली सैन्य तथा आणविक केन्द्र र आणविक वैज्ञानिक तथा सैन्य नेतृत्व लक्षित गरेर आक्रमण गरिएको उल्लेख गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार इजरायली आक्रमणमा इरानका उच्चपदस्थ सैनिक र आणविक विज्ञहरूको मृत्यु भएको पुष्टि गरेका छ । भने यस घटनाले क्षेत्रीय तनावलाई चरम सीमातर्फ धकेलेको बताइएको छ ।
बीबीसीका अनुसार, मृत्यु हुनेमाइस्लामिक रिभोलुशनरी गाड्र्सका प्रमुख हुसैन सलामी, खातम अल (अनबिया केन्द्रीय कमान्ड मुख्यालयका) का गोलामअली राशिद, इरानको अणु उर्जा संस्थाका पूर्व प्रमुख तथा आणविक वैज्ञानिक फरेयदुन अब्बासी, आणविक हतियार कार्यक्रममा संलग्न अर्का वरिष्ठ वैज्ञानिक मोहम्मद महदी तेहरान्ची र इरानी सशस्त्र सेनाका प्रमुख मोहम्मद बाघेरी रहेको उल्लेख गरेको छ । यसैबीच इरानले सयौं ड्रोन हमला इजरायलतर्फ गरेको तर जोर्डन, सिरियाकै आकासबाट खसालिएको समेत बताइएको छ ।।