द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

Everest Fuji News २०८२ असार २ मा प्रकाशित       Published at 2025 Jun 16


काठमाडौँ/


द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले हाल इजरायलमा ५ हजार ५ सय र इरानमा १२ जना नेपाली रहेको विवरण सार्वजनिक गरि उनीहरु सुरक्षित रहेको बताएको छ । इजरायलमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म एक जना नेपालीले मात्रै उद्धारको लागि अनुरोध गरेका जनाउदै अरुले आफूहरु सुरक्षित भएकाले फर्काउन नपर्ने बताएको उल्लेख गरेको समेत मन्त्रालयले जनाएको छ । दूतावासले हिजो सूचना निकालेर त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन समेत अनुरोध गरेको छ । सुरक्षित आश्रयस्थलको सुविधा भएको ठाउँको आसपासमै रहन दूतावासले भनेको छ । परराष्ट्र मन्त्रालयले इजरायलमा कुनै अप्ठ्यारोमा परेमा तेल अभिभमा रहेको नेपाली दूतावासमा तथा इरानमा कुनै अप्ठ्यारो परेमा कतारको दोहामा रहेको नेपाली नियोगमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । इरानमा अहिले नेपालको दूतावास भने छैन । त्यहाँ रहेका नेपालीहरुले कतारमा रहेको राजदूतावासमार्फत समन्वय गर्नुपर्ने हुन्छ । पराराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न दूतावासहरुलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री आरजू देउवा राणाले इजरायलको तेल अभिभ र कतारको दोहामा रहेको नेपाली दूतावासका राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी ती देशमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.