नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीलाइ

Everest Fuji News २०८२ बैशाख १५ मा प्रकाशित       Published at 2025 Apr 28


काठमाडौं /


नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा भएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि जितेको हो । सो जितसँगै ललितपुरले नगद ८० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाँमा प्राप्त गरेको छ । ललितपुरले लिग चरणको शुरूआतमा काठमाडौंँसँग २–२ को बराबरी खेलेको थियो । त्यसपछि पोखरामाथि ३–२ को जित निकालेको थियो । धनगढीसँग गोलरहित बराबरी, चितवनमाथि २–१, बुटवलविरुद्ध २–० को जित र झापासँग १–१ को बराबरी खेल्दै प्रतियोगितामा अपराजित रहेको थियो ।

३ जित र ३ बराबरीसहित १२ अंक जोड्दै ललितपुर अंक तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो । ललितपुरले धनगढीलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । पोखराले लिग चरणको शुरुआत चितवनसँग २–० को हारबाट गरेको थियो । त्यसपछि ललितपुरसँग ३–२ ले पराजित भएको थियो । काठमाडौँमाथि २–० को जितले पुनरागमन गर्दै धनगढीसँग गोलरहित बराबरी र झापासँग १–१ गोलको बराबरी खेलेपछि बुटवलमाथि २–० को जित निकालेको थियो ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.