काठमाडौं/
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई पछाडी फर्काउन खोज्ने प्रतिगामीहरुलाई गतिलो जवाफ दिने समय आएको बताउनु भएको छ ।
काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशनको हिजो उद्घाटन गर्नेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । अहिले यथास्थीतिबादी र प्रतिगामीहरुले इतिहासलाई पछाडी फर्काउने र प्राप्त उपलव्धीहरुलाई खोस्ने दुस्साहत गरेको भन्दै अब गणतन्त्रबादीबाट गतिलो जवाफ दिने समय आएको उहाँले बताउनु भएको छ । अहिले सडक र सदनबाट माओवादीले खवरदारी गरिरहेकाले आवश्यक परे ठूलो आन्दोलन गर्ने समेत उहाले चेताबनी दिनुभएको छ । उहाँले समग्रमा सवैतर्फ माओवादीको गतिशिलता बढेको र जनताको विश्वास पनि बढ्दै गएकाले आफ्नै खुट्टामा आगामी चूनाव लड्ने आधार तयार हुँदै गएको समेत दाबी गर्नुभएको छ । उहाँले ८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पारेरै छाड्ने उद्घोष समेत गर्नुभएको छ ।