आज देशभरको मौसम आंशिकदेखि साधरणतया बदली रहने

Everest Fuji News २०८२ बैशाख २१ मा प्रकाशित       Published at 2025 May 04


काठमाडौ/

आज देशभरको मौसम आंशिकदेखि साधरणतया बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

देशका हिमाली भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम भोलि र पर्सिसम्म नै रहने महाशाखाले जनाएको छ । काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाउँमा निरन्तर झरी परि रहेको मौसम पुर्वानुमान महाशखाले जनाएको छ । महाशाखाका अनुसार सर्लाहीमा १२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको समेत जनाएको छ । भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको र सो बेलुकासम्म जारी रहने अनुमान महाशाखाले गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिनभरजसो पानी पर्ने र रोकिने क्रम चलिरहने समेत जनाएको छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँ तथा बाँकी भागका थोरै ठाउँमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.