ललितपुर/
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा आर्थिक सामाजिक गतिविधि बढाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ ।
ललितपुरमा हिजो आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले अर्थतन्त्रमा देखिएको समस्या लगाएतलाई समाधान गर्ने गरि गम्भीर भएर सरकारले नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । उहाँले राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन वर्तमान समेत सरकार गठन गरिएको उल्लेख गर्नुभएको छ । उहाँले नागरिकको जीवनलाई सहज बनाउने बाटोमा सरकार लागिपरेको समेत जिकिर गर्नुभएको छ । उहाले धेरै संघर्ष गरेर प्राप्त गरेको संविधानको भावना अनुरुप आफ्ना अधिकारको अभ्यास गर्न पाएको कुरा भूल्न नहुने समेत बताउनु भएको छ ।