इरानको राजाईमा भएको शक्तिशाली विस्फोटबाट १४ जनाको मृत्यु ७ सय ५० जनाभन्दा धेरै घाइते

Everest Fuji News २०८२ बैशाख १५ मा प्रकाशित       Published at 2025 Apr 28



इरानको प्रमुख बन्दरगाहमध्ये शाहिद राजाईमा भएको शक्तिशाली विस्फोटबाट १४ जनाको मृत्यु भएको छ भने ७ सय ५० जनाभन्दा धेरै घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ । 

इरानको दक्षिणी शहर बन्दर अब्बास नजिकै रहेको ठूलो व्यावसायिक बन्दरगाह शाहिद राजाईमा सो विस्फोट भएको हो । विस्फोटबाट नजिकै रहेका भवनहरूको झ्याल र छाना तथा केही सख्यामा गाडीहरू क्षति भएको बताइएको छ । विस्फोटको कारण अझै खुलिसकेको छैन । बन्दरगाहको रासायनिक भण्डारणस्थलमा लागेको आगोबाट घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको इरानी सुरक्षा टोलीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सुरक्षात्मक दृष्टिले बन्दरगाह क्षेत्र खाली गराइएको छ । राष्ट्रपति मसउद पेसेश्कियानले घटनाको गम्भीर छानबिन गर्न सम्न्धित निकायलाई निर्देशन दिनुभएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.