सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न एमाले पार्टीका सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

Everest Fuji News २०८२ बैशाख २१ मा प्रकाशित       Published at 2025 May 04


काठमाडौं/

प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्कका साथ सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न एमाले पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको एमाले संसदीय दलको बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । सरकारले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै ढुक्कका साथ सदनमा प्रतिरक्षा गर्न पार्टीका सांसदहरुलाई उहाँले निर्देशन दिनुभएको हो । नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले बिपक्षीको काम नै विरोध गर्ने भएकाले त्यस्ता कुरामा नअल्जिन समेत सुझाव दिनुभएको छ । उहाँले देश र जनतालाई सर्वोपरि राखेर सरकार अघि बढिरहेको बताउनुभएको छ । बिपक्षीहरुले सदनमा गलत बोल्ने गरेको भन्दै उहाँले गलत बोल्नेको कुरा पछिको पुस्ताले थाहा पाउने भएकाले रेडर्कमा राखि राख्न समेत आग्रह गर्नुभएको छ । 




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.