काठमाडौं /
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका उपदेशहरु विश्व शान्तिका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।
२६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवसका अवसरमा सोमबार लुम्विनीमा आयोजना गरिएको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्तिको सन्देशहरुको अर्थ अहिले पनि रहेको र विश्वका लागि महत्वपूर्ण रहेको बताउनुभएको हो । हालै भारत र पाकिस्तानबीच अलिकति हात हालाहाल भएको तर अघि बढ्न नपाएको उल्लेख गर्दै उहाले संयमका लागि धन्यवाद दिनुभयो । उहाले हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना नेपालले गर्दै कुरा समेत गरेको जिकिर गर्नुभयो । यस अर्थमा सबै कुराका लागि शान्तिको महत्व रहेको उहाले बताउनुभयो । उहाले अहिले मासड्रिस्टक्सनका हतियारहरुको निर्माण र थुप्रो लगाउने काम भइरहेको र यो मानव र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज भएको उल्लेख गर्नुभयो । यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि फेरि पनि विश्व शान्तिको पक्षमा रहनुुपर्ने उहाको भनाइ छ ।प्रधानमन्त्री ओलीले बृहत लुम्विनी गुुरुयोजनालाई सकेसम्म छिटै पूरा गर्ने सरकारको प्रयास रहेको जानकारी दिनुभयो ।