काठमाडौं/
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको बजेट अधिवेशनमा बिषयमूखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा आफ्ना पार्टीका सांसदहरुलाई बजेटका सिद्धान्त र प्राथमिकताका बिषयमा बिज्ञहरुबाट प्रशिक्षित गर्दै रास्वपाले संसदमा बिषयमूखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने लिने निर्णय गरेको हो । रास्वपा सांसद डा स्वर्णीम वाग्लेले बजेट प्राविधिक बिषय भएकाले बिज्ञहरुबाट अन्तक्र्रिया र प्रशिक्षण गराउने काम भएको जानकारी दिनुभयो ।
पूर्वअर्थसचिव रामेश्वर खनालबाट बजेटका प्राविधिकका साथै लुकेका पाटोका बिषयमा सांसदहरुलाई जानकारी गराउने काम भएको वाग्लेले बताउनुभयो ।वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकता, बजेट लगाएतका बिषयमा रास्वपा सांसदहरुले सदनमा प्रभावकारी रुपमा छलफलमा भाग लिने जिकिर गर्नुभयो