रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु

Everest Fuji News २०८२ जेठ १ मा प्रकाशित       Published at 2025 May 14


काभ्रे/


काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु भएको छ ।

अविरल वर्षापछि आएको बाढीका कारण सोमबार रातीदेखि अवरुद्ध बीपी राजमार्ग मङ्गलबार दिउँसोबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ । राजमार्ग पूर्णरुपमा सुचारु भएपनि दुई पाङ्गे्र सवारी साधानलाई भने आवातजावत गर्न कठिन देखिएको छ ।

बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.