काठमाडौं /
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ती एक दुईदिन भित्र हुने बताउनु भएको छ ।
सिहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले अब तलमाथि नगरि गभर्नर नियुक्ती हुने बताउनु भएको छ । उहाँले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनु पर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डेलाई सो समितिको सदस्य नियुक्त गरेर गर्भनरको सिफारिस गर्न समेत अधिकार दिएको बताउनु भएको छ ।
मन्त्री गुरुङले हिमाली देशहरू जलवायु परिवर्तनका कारण बढी प्रभावित भएको भन्दै सगरमाथा संवादले विश्वको ध्यान केन्द्रित गर्दै विश्वव्यापी एजेन्डा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।।