कीर्ते गरी नक्कली शैक्षिक प्रमाणपत्रदेखि लालपूर्जा समेतको कागजात बनाउने तीन जना पक्राउ

Everest Fuji News २०८२ जेठ २ मा प्रकाशित       Published at 2025 May 15


काठमाडौं/


कीर्ते गरी नक्कली शैक्षिक प्रमाणपत्रदेखि लालपूर्जा समेतको कागजात बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन पक्राउ परेकालाई सर्वजनिक गरेको हो । तीनिहरुले विभिन्न सरकारी कार्यालय, स्थानिय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गर्ने तीन जनालाई काठमाडौ तारकेश्वर–७ फुटुङ्बाट पक्राउ गरि समेत प्रहरीको भनाई रहेको छ । पक्राउ पर्नेमा गोरखा मसेल घर भई हाल तारकेश्वर देवीचोक बस्ने अन्जनी बयलकोटी, ओखलढुङ्गा घर भइ बुढानिलकण्ठ बस्ने निर्मल खड्का र मकवानपुर घर भइ चन्द्रागिरी दहचोक बस्ने अन्जु खत्री रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्जनी बयलकोटीले बिगत ८ वर्ष देखि सरकारी तथा गैर सरकारी कार्यालयका कागजात कीर्ते गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभएको छ । फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात बनाउन दुइ जना सहयोगीलाई मासिक १० हजार देखि १५ हजार रुपैयाँसम्म तलब दिई कार्यालय संचालन गरेको समेत उहाँले बताउनुभएको छ । 




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.