२०८२ असार ६, काठमाडौं ।
सर्जक सुभाषचन्द्र पौडेल "भीमफेदीया"को शब्द तथा सङ्गीतकार नरहरी प्रेमीको सङ्गीत र अपेक्षा खनालको स्वर रहेको "जिन्दगीको के भरोसा" गीत आज सार्वजनिक भयो ।
डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजित सो कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, प्रमुख अतिथि गीतकार संघका अध्यक्ष बसन्त थापा बित्यासीसहितले सो एल्बमको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा स्रष्टा सुभाषचन्द्र पौडेल "भीमफेदीया"लाई अध्यक्ष लेकाली, प्रमुख अतिथि बित्यासी र वरिष्ठ साहित्यकार महेश प्रसाईँंले टोपी, माला र पुष्पबृष्टि गरी सम्मान गरेका थिए ।
लोकार्पित एल्बमबारे श्रीरामसिहं बस्नेतले समीक्षा गरेका थिए भने लोकार्पित गीतका सङ्गीतकार नरहरी प्रेमी र गायिका अपेक्षा खनालले गीतबारे मन्तव्य राख्दै गीत गाएका थिए ।
कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि बित्यासी र गीतकार "भीमफेदीया"ले लोकार्पित गीतबारे आआफ्नो मन्तव्य राख्दै नेपाली गीतको अवस्था, प्रतिलिपी अधिकार र रोयल्टी संकलनको अवस्थाबारे बोलेका थिए ।
कवि मुरारी सिग्देलले सहजीकरण गरेको सो कार्यक्रममा वरिष्ठ साहित्यकार महेश प्रसाईं, कथाकार एवं शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, प्रा. डा. गोविन्दमान सिंह कार्की, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, पत्रकार एवम् कथाकार श्रीराम सिंह बस्नेत, साहित्यकारहरु विजयध्वज थापा, युवराज मैनाली, ठाकुर शर्मा भण्डारी, सन्तोष श्रेष्ठ, जयराम विडारी, मन्जिला अनिल, उषा केसी, गंगाप्रसाद भेटवाल, प्रतिक घिमिरे, नवराज पराजुली, बन्दना पौडेल, मोहन पोखरेल लगायतको उपस्थिति रहेको थियो ।