आईसीसी विश्वकप लिग टू अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जीत

Everest Fuji News २०८२ जेठ २१ मा प्रकाशित       Published at 2025 Jun 03



काठमाडौं/

आईसीसी विश्वकप लिग टू अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जीत निकालेको छ ।

स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जीत निकाले हो । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाउदै सो जीत निकालेको हो । अन्तिम बलमा नेपालको जीतका लागि १ रन आवश्यक रहेको थियो । करणले सिङ्गल लिन कुद्दा विकेटकिपरले रिजनलाई रनआउट गरे पनि अम्पायरले वाइड दिएपछि खेल नेपालले जितेको हो । नेपालको जीतमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडेका थिए । कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडेका थिए भने कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गरेको थियो । स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन जोडेका थिए । त्यस्तै करण, सोमपाल र रिजनले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछानले १ विकेट लिएका थिए । सो जीतसँगै ८ टोली सहभागी लिग टू मा नेपाल १३ खेलमा ८ अंकका साथ ७ औं स्थानमा रहेको छ । पराजित स्कटल्याण्ड १७ खेलमा २० अङकका साथ चौथो स्थानमा रहेको छ । विश्वकप लिग टू ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.