एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन सम्पन्न ,महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन

Everest Fuji News २०८२ बैशाख २३ मा प्रकाशित       Published at 2025 May 06



 काठमाण्डौ /

घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।एनआरएनएका पूर्वअध्यक्षद्वय देवमान हिराचन र भवन भट्ट, एनआरएन अभियन्ता, आरके शर्मा, डा.केशव पौडेललगायतलले नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिनुभएको थियो । त्यस अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले सबै पक्षलाई सहमतिमा आउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले एनआरएनसँग रहेको ज्ञान र सीप देशको उन्नतिमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।महाधिवेशनले गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी संविधानले व्यवस्था गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी शीघ्र विद्यमान ऐन कानूनमा संशोधन गर्न सरकारलाई अनुरोध गरेको छ । विदेशमा बस्ने नेपालीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गर्न समेत आग्रह गरेको छ ।त्यसैगरी मध्यपूर्वलगायतका मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या र त्यहाँ अज्ञानतावश जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.