स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय रुपैयाँ सहित चार जना पक्राउ

Everest Fuji News २०८२ बैशाख २३ मा प्रकाशित       Published at 2025 May 06


काठमाडौं/


स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय रुपैयाँ सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका ९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा २ वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा देखिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिनुभएको छ । उहाँले तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका सप्तकोशी नगरपालिका १ घर भएका ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ र अर्का ३९ वर्षीय सन्तोष घिमिरेलाई पक्राउ गरि अनुुसन्धान गरि रहेको बताउनु भएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.