सरकारको नीति तथा कार्यक्रम प्रति प्रचण्डको गम्भीर असन्तुष्टि

Everest Fuji News २०८२ बैशाख २३ मा प्रकाशित       Published at 2025 May 06


काठमाडौं /


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

सोमबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा उहाँले सो असन्तुष्टी व्यक्त गर्नुभएको हो । उहाँले नीति तथा कार्यक्रम जनताको जिवनस्तरसँग जोडिएको वर्तमान यथार्थभन्दा निकै टाढा रहेको समेत बताउनु भएकोछ । सरकारले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै भएको समेत बताउनु भएको छ । उहाँले गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रुप दिन खोजिएको भएपनि यस वर्ष दुई तिहाइको दम्भका साथ सरकारले उक्त प्रक्रिया भत्काएको बताउनुभएको छ । उहाँले आफुसंग बदला लिने भावले यसअघि सुरु गरिएका महत्वपूर्ण कार्यक्रम अहिले हटाइएको आरोप समेत लगाउनुभएको छ । स्वार्थ समूह र संकीर्ण गठबन्धनको दबाबमा राज्य सञ्चालन हुनु दुःखद भएको भन्दै उहाले आलोचनाको सम्मान गर्ने लोकतान्त्रिक संस्कृति कमजोर हुँदै जाने समेत बताउनु भएको छ । 




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.