संविधानमै मौलिक हकको रूपमा व्यवस्था गर्ने दक्षिण एशियाकै नेपाल पहिलो देश

Everest Fuji News २०८२ बैशाख २३ मा प्रकाशित       Published at 2025 May 06



राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हकलाई संविधानमै मौलिक हकको रूपमा व्यवस्था गर्ने दक्षिण एशियाकै पहिलो देश नेपाल भएको बताउनुभएको छ । 

सोमबार राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको काम कारबाही नागरिकप्रति जवाफदेही हुनु पर्ने समेत बताउनु भएको छ । उहाँले पारदर्शिता र जवाफदेहिता, सहभागितामुलक लोकतन्त्रको आधारभुत आवश्यकता भएको समेत उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले सूचना नै लोकतन्त्रको प्राणवायु भएको समेत बताउनुभएको छ । सूचनाको हकले सरकार र सार्वजनिक निकायको काम, कारबाहीप्रति नागरिकको परीक्षण र मूल्याङ्कन गराउने उहाँले बताउनु भएको छ । उहाँले राज्यको लगानीमा जनताको निगरानी नभए मुलुकमा कुशासन मौलाउने समेत बताउनुभएको छ । उहाँले राज्यको लगानीमा जनताको निगरानी नभए विधिको शासन अवरुद्ध हुने र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्ने जिकिर गर्नुभएको छ । राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रूपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको समेत उल्लेख गर्नुभएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.