इजरायली सेनाद्वारा गरिएको हवाई आक्रमणमा परि १९ प्यालेस्टिनको मृत्यु

Everest Fuji News २०८२ बैशाख २३ मा प्रकाशित       Published at 2025 May 06


काठमाडौं/


प्यालेस्टिनको उत्तरी क्षेत्रमा इजरायली सेनाद्वारा गरिएको हवाई आक्रमणमा परि १९ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । 

गाजाको उत्तरपश्चिममा तीन वटा अपार्टमेन्टमा इजरायली सेनाले हमलामा गर्दा १५ जनाको मृत्यु भएको र बेत लाहियास्थित एक घरमा भएको आक्रमणमा थप ४ जनाको मृत्यु भएको जनाइएको छ । इजरायली सेनाले भने सो हमलाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । इजरायलले १८ मार्चमा प्यालेस्टिनी क्षेत्रमा आफ्नो आक्रमण पुनः सुरु गरेदेखि गाजा पट्टीमा निरन्तर हमला गरिरहेको छ । सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणमा अपहरण गरिएका ५८ जना बन्धकहरू अझै पनि बन्धक जीवन बिताइरहेका छन् । बन्दकमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.