काठमाडौं/
धरानबाट धनकुटा जादै गरेकोे १ ख. २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ ।
सो दुर्घटनामा परी १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको बताइएको छ । घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । अन्य घाइतेमा भोजपुरको षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको वराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा रहनुभएको प्रहरीले जनाएको छ ।।