न्यूह्यामसायरका ईश्वरी भट्टलाई अनेसास हिरो -२०२४ बाट सम्मानित गरिंदै

Everest Fuji News २०८० फाल्गुन १९ मा प्रकाशित       Published at 2024 Mar 02




समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उदेश्य बमोजिम नेपाली भाषा र साहित्यको विस्तारमा उल्लेख्य योगदान पुर्याएवापत न्यूह्यामसायरका ईश्वरी भट्टलाई ‘अनेसास हिरो- २०२४ अर्पण गरिने भएको छ । अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा विहिवार बसेको बैठकले उक्त निर्णय गरेको हो । अनेसास न्यूह्यामसायरको स्थापना कालदेखिनै च्याप्टरमा सक्रिय रहेर अनुजलाई प्रोत्साहन , अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी, कृति प्रकाशन, प्रेरणा र संयोजनकारी भूमिका निर्वाह गरेका भट्टका आमा र माटो, केही फूलका थुंगाहरू, आकाश पारिबाट लगायतका कविता कृति प्रकाशित छन् । अनेसास न्यूह्यामसायरका संस्थापक महासचिव भट्ट हाल अनेसास पुरस्कार समिति सदस्य र च्याप्टरको प्रधान सम्पादक रहेका छन् ।

बिसं २०१९ मा गोरखाका जन्मिएका भट्ट लामो समयदेखि अमेरिकाको न्यूह्यामसायरमा बसोवास गर्दै आएका छन् ।

सो सम्मान अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही मार्च ०८-१०, २०२४ मा पोर्चुगलमा हुने आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका अवसरमा समर्पण गरिने छ । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2022 News. All Rights Reserved.