दक्षिण कोरियाको ८ तले भवनमा आगलागी हुँदा २९ जनाको मृत्यु, २६ घाइते

Everest Fuji News २०७४ पुष ६ मा प्रकाशित       Published at 2017 Dec 21


सोल, पुस ६ । दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ ।   राजधानी सोलदेखि झन्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने जोसेन सहरमा रहेको आठ तले भवनमा आगलागी हुँदा कम्तिमा २९ जनाको मृत्यु र्भको हो । आगलागी भएको भवनमा ब्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सन्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सन्चारमाध्यमहरूले लेखेका छन् । मृत्यु भएकामध्ये सबैजना भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरुले बताएका छन् । उनीहरु सबैजना घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए । आगलागीमा परी अन्य २६ जना घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । धुवाँले निसास्सिएकै अवस्थामा उनीहरुलाई अस्पताल पर्‍याइएको हो । घाइतेहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार दिउसो ३.५३ बजे आगलागी सुरु भएको थियो । आगलागी भएलगत्तै ५० ओटा अग्नी नियन्त्रक यन्त्र, ६० जना अग्नी नियन्त्रक र हेलिकोप्टर आगलागी नियन्त्रण गर्न र पिडितहरुलाई उद्धार गर्न खटाइएको थियो । उनीहरुले बेलुका ५.४० मा मात्रै आगो नियन्त्रणमा लिन सकेका थिए । अहिले पनि उद्धारकर्ताहरुले जलेको भवन भित्र अरु पनि कोही जलेको वा जिवितै हुनसक्ने आशंकासहित खोजी गरिरहेका छन् । उद्धारकर्ताहरुले भवन भित्र जिवितै रहेको भेट्ने सम्भावना निकै कम रहेको र थप मृतकहरु भने भेटीन सक्ने अनुमान गरेका छन् । (रासस/सिन्ह्वा)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.